अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारको हिसाराक जिल्लामा आतङ्ककारी विरुद्ध अफगान सुरक्षाबलले जारी राखेको कारबाहीको क्रममा ३३ भन्दा बढी आतङ्ककारी मारिएका छन् ।
यस कारबाहीको क्रममा दुई सुरक्षा अधिकारीले ज्यान गुमाएका छन् भने अन्य नौ जना घाइते भएका छन् । । सुरक्षाकर्मीले उक्त क्षेत्रमा कारबाही जारी रहेको जनाएको छ ।
यस कारबाहीमा अन्य ५० भन्दा बढी आतङ्ककारी घाइते भएका सुरक्षा अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । सुरक्षा अधिकारीहरुका अनुसार हिसाराक जिल्ला कब्जागर्ने लक्ष्यमा रहेका आतङ्ककारीहरु मारिएका हुन् ।
यस कारबाहीको विषयलाई लिएर तालिवान आतङ्ककारी समूहले भने कुनै टिप्पणी गरेका छैनन् । तालिवानाले बिहीबारमात्र पनि ठूलो सङ्ख्यामा प्रहरीको हत्या गरेका छन् ।
उनीहरुले पछिल्लो समयमा सर्वसाधारणमाथि क्रुर तरिकाबाट हमला गर्ने गरेका छन् । हमलामा परी कैयौंले ज्यान गुमाएका छन् । उता सुरक्षाकर्मीहरुले पनि उनीहरुका विरुद्धमा कारबाही जारी राखेका छन् । रासस/सिन्ह्वा