अष्ट्रेलियाको मतदान, कसको पल्ला होला भारी ?
अष्ट्रेलियाको आम चुनावमा पूर्वीय राज्यहरुको मतदान सम्पन्न भएको छ । कसको सरकार आउने हो भन्ने विषय अब कौतूहलताको विषय बनेको छ भने एकातिर लिबरल पार्टीका प्रमुख मालकम ट्रनबुल र अर्कोतर्फ लेबर पार्टीका प्रमुख बिल सोर्टन दुबैजनाले आफुहरुको विजय सुनिश्चित रहेको बताइरहेका छन् । आजको मतदानमा कतिपय केन्द्रहरुमा लाईनमा बसेर मत खसाल्न उक घण्टासम्मको समय लागेको थियो । साँझ ६ बजेसम्म लाईनमा बसिसकेकाहरुलाई मतदानमा सहभागी गराइने भएको छ । दुबै पार्टीका प्रमुखहरुमध्ये लिबरल प्रमुख ट्रनबुलले डबल बे पब्लीक स्कुल बुथ वेन्टवर्थमा आफ्नो मतदान गरेका थिए भने लेबर प्रमुख सोर्टनले मेलबर्नको मरिबेरर्नोगबाट मतदान गरे । पछिल्ले मत आंकलका परिणामहरुले लेबर र लिबरलका बीचमा कडा प्रतिस्पर्धा हुने देखाएको छ भने स्वतन्त्र र साना दलहरुको समर्थनमा बहुमत पुर्याउनुपर्ने अवस्थाको आंकलन गरिएको छ । यस किसिमबाट जित्ने स्वतन्त्र र साना दलका प्रतिनिधि सन् १९३० को प्रतिनिधित्व भन्दा बढी हुने अनुमान छ ।