बेलायत भ्रमणका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा, विक्रम सोव पहिलो पटक टोलीमा पर्न सफल


Cricket Toliअन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको छनोट समितिले बेलायत भ्रमणका लागि नेपाली क्रिकेट टोलीको घोषणा गरेको छ । समितिले पारस खड्काको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

टोलीमा विक्रम सोवले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् भने सुवास खकुरेल र अनिल मण्डलले पुनरागमन गरेका छन् । आन्तरिक विवादमा परेपछि अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले नेपाल क्रिकेट संघ क्यानलाई निलम्बन गरेपछि राष्ट्रिय टोलीले पहिलो पटक अन्तराष्ट्रिय स्तरमा सहभागीता जनाउन लागेको हो ।

घोषित टोलीमा ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी, करण केसी, सन्दिप लामिछाने, राजु रिजाल र राजेश पुलामी मगर परेका छन् ।

नेपाली टोलीले आगामी साउन ४ गते बेलायतमा मेरिलोन क्रिकेट क्लब एमसीसीसँग प्रतिस्पर्धा गर्नेछ । नेपाली टोलीले अन्य स्थानीय टोलीसँग समेत मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्नेछ ।

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेदरल्याण्डसँगको खेलको तयारीमा रहेको नेपाली क्रिकेट टोली आगामी २७ गते बेलायत जाने छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?