प्यासिफिक हस्पिटालिटी एण्ड कुलिनरी एकेडेमीको नेपालका लागि अष्ट्रेलियन राजदूतबाट उद्घाटन
एनआरएनको स्वदेशमा लगानीको कुरा चलिरहँदा एनआरएन अष्ट्रेलियाका पूर्वअध्यक्ष गणेश केसीले काठमाडौंमा प्यासिफिक हस्पिटालिटी एकेडेमीको सुरुवात गरेका छन् । अष्ट्रेलियन गुणस्तरको तालिम नेपालमा नै दिने र दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित खोलिएको एकेडेमीको अष्ट्रेलियाली राजदुत ग्लेन व्हाइटद्वारा उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै राजदुत ह्वाईटले अष्ट्र«ेलियामा आतिथ्य सत्कार , होटेल पर्यटन क्षेत्रमा रोजगारीको प्रसस्त अवसर रहेको र सीप र दक्षता लिएर नेपालीहरु अष्ट्रेलिया गएमा तुरुन्त अवसर प्राप्त गर्न सक्ने बताउनुभयो । उहाँले प्यासिफिक हस्पिटालिटी एवं कुलिनरी एकेडेमीले यसमा टेवा पु¥याउन सक्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा विशेष अतिथिको आसनबाट शुभकामना व्यक्त गर्दै माईती नेपालका संस्थापक अनुराधा कोइरालाले एकेडेमीले शुरुबाट नै शिक्षाको गुणस्तरलाई ध्यान दिनुपर्ने बताउनुभयो । कोइरालाले नेपालमा व्यावहारिक एवं प्रयोगात्मक शिक्षाको विकासमा प्यासिफिक हस्पिटालिटी एण्ड कुलिनरी एकेडेमी कोसेढुङगा सावित हुन सक्छ भन्नु भयो । विशेष अतिथि कै आसनबाट बोल्दै अर्का वक्ता प्याब्सन का अध्यक्ष लक्ष्य बहादुर केसीले नेपालमा टड्कारो रुपमा देखा परेका दक्ष जनशक्तिको अभावलाई यस एकेडेमीले पुरा गर्न सक्ने बताउनुभयो । अर्का अतिथि वक्ता एन.आर.एन. प्रमुख संरक्षक जीवा लामिछानेले रोजगारी वा अध्ययनको सिलसिलामा विदेश जान खोज्ने नेपाली युवा युवतीहरुले हातमा सीप लिएर मात्रै जानुपर्ने सल्लाह दिनुभयो र एकेडेमीको विकासका निम्ति आफुहरुले जस्तो सुकै सहयोग गर्न पनि तयार रहेको बताउनुभयो । कार्यक्रमको अध्यक्षता गर्नु हुने एकेडेमीका अन्तर्राष्ट्रिय बजार व्यवस्थापक गणेश केसीले नेपालमा आफुले केहि गर्न चाहि रहेका बेला नेपालका केहि शिक्षाविद् एवं आतिथ्य सत्कार क्षेत्रका विज्ञहरुले यसै क्षेत्रमा केहि गर्न आफुलाई प्रेरित गराएकाले यस प्यासिफिक हस्पिटालिटी एण्ड कुलिनरी एकेडेमीको अवधारणा र जन्म भएको कुरा बताउँदै आफुले अष्ट्रेलियाको २१ वर्ष लामो बसाँइमा भोग्न परेका सुख दुखको अनुभव सुनाउँदै अष्ट्रेलिया आउने नेपाली भाई बहिनीहरुलाई आफुले सकेको सहयोग पु¥याउने बताउनुभयो । एकेडेमीका प्रबन्ध निर्देशक सुशिल थापाले एकेडेमीले अष्ट्रेलियाको अष्ट्रेलियन इन्टरन्यासनल कुलिनरी सर्भिसेजद्वारा सम्बन्धन लिएको र एकेडेमीमा अष्ट्रेलियाकै कोर्स पढाई हुने एवं विद्याथीहरुले अष्ट्रेलियाकै सर्टिफिकेट प्राप्त गर्ने जानकारी दिनुभयो । वहाँले विद्यार्थीहरुलाई अष्ट्रेलिया, क्यानाडा , न्यूजिल्याण्ड र दुबईका स्टार होटेलहरुमा पेड ईन्टर्नसीप ( अन् द जब टे«निङ ) को व्यवस्था एकेडेमीले मिलाईसकेको र विद्यार्थीहरुले सर्टिफिकेट लिईसकेपछि कामको सुनिश्चितता समेत लिएको जानकारी गराउनुभयो । तथा एकेडेमीले यसै जुलाई महिनादेखि कोर्स शुरु गर्ने तथा एस.एल.सी.र सोभन्दा माथि अध्ययन गरेका जो सुकै व्यक्तिले पनि उक्त हस्पिटालिटी ÷ कुलिनरी कोर्स अध्ययन गर्न पाउने कुरा जनाईएको छ ।