उत्तर कोरियाले गरेको ब्यालेस्टिक मिसाइल परीक्षण असफल


Koreaउत्तर कोरियाले पनडुब्बीबाट गरेको ब्यालेष्टिक मिसाइल परीक्षण असफल भएको छ ।

दक्षिण कोरियाका अनुसार यो परीक्षण कोरियाली प्रायद्विपको पूर्वी समुद्रमा गरिएको थियो । उत्तर कोरियाले संयुक्त राष्ट्रसंघको प्रतिबन्धका बाबजुद पनि परमाणु हतियार विकसित गर्ने प्रयास जारी राखेको छ ।

राष्ट्र संघको प्रस्तावअनुसार उत्तरले कुनै पनि प्रकारको ब्यालेष्टिक मिसाइल प्रविधिको प्रयोग गर्न पाउँदैन । उत्तर कोरियाको चुनौति सामना गर्न भन्दै अमेरिका र दक्षिण कोरियाले मिसाइल प्रतिरक्षा प्रणाली तैनाथ गर्न तयार भएका छन् । केही दिनअघि मात्र अमेरिकाले उत्तर कोरियाली नेता किम जोङ उनविरुद्ध लगाएको प्रतिबन्धलाई प्योङयाङले युद्धको खुल्ला घोषणा भनेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?