स्पेनमा लोकप्रिय बुल फाइटका क्रममा एक जनाको मृत्यु (हेर्नुहोस् भिडियोसहित)


Bull Fighterस्पेनमा साँढे जुधाउने खेलमा सहभागी एक बुलफाइटरको मृत्यु भएको छ ।

सन् १९८५ पछि बुल फाइटको क्रममा रिङ (मैदान) मै बुल फाइटर मारिएको यो पहिलो घटना हो । यसअघि सन् १९८५ मा जोसे कुबेरो नाम गरेका बुल फाइटरको मैदानमै साँढेको आक्रमणमा परि ज्यान गएको थियो ।

स्पेनको टेरुएलमा भएको बुल फाइटको क्रममा २९ वर्षीय बुल फाइटर भिक्टोर बार्रिओलाई साँढेले मैदान भित्रै सिङले छातिमा हानेर ढलाएको थियो । साँढेले बार्रिओको दायाँ छातिमा सिङले हानेको हो ।

स्थानीय टेलिभिजनले प्रत्यक्ष प्रशारण भएको यो बुल फाइट हेरेका स्पेनका प्रधानमन्त्री कारिएनो राजोयले बार्रिओप्रति श्रद्धान्जली व्यक्त गरेका छन् ।
यसअघि बुल फाइटको क्रममा २० औं शताब्दीमा ३३ जना बुल फाइटरसहित एक सय ३४ जनाको साँढेको आक्रमणमा ज्यान गएको थियो ।

स्पेनमा बुल फाइट निकै लोकप्रिय छ । (हेर्नुहोस् भिडियो)

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?