भानु जयन्तीमा सिड्नीमा श्रष्टाहरुको जमघट, एशफिल्डमा जम्यो साहित्यक माहोल


-वीरेन्द्र श्रेष्ठ (सिड्नी)
नेपाली कला संस्कृति प्रतिष्ठानको आयोजनामा आदकवि भानुभक्तको जन्मजयन्ती मनाइएको छ । शनिबार ९ जुलाईका दिन ashfield ashfield1आयोजना गरिएको भानु जयन्ती समारोहको नारा नै श्रष्टाहरुको सम्मान नेपाली कला, संस्कृतिको पहिचान राखिएको थियो । मध्यान्ह १२ बजेबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा साहित्यकार उमा कार्की हुनुहुन्थ्यो । यसैगरी संस्थाकी संरक्षक जानकी पौडेल, अच्युत वाग्ले,  एनआरएन संरक्षक ईन्द्रा वन, समाजका अगुवा नारायण प्रधान, एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल, ओसियाना क्षेत्रीय संयोजक महेन्द्र लम्साल, प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका अध्यक्ष रमेश पाण्डे, अनेसास न्यूसाउथवेल्स अध्यक्ष सानु घिमिरे, एनआरएन न्यूसाउथवेल्सका संयोजक दिनेश पोखरेल, समाजसेवी पदम शाक्य र विदुर ढुंगेल लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि र साहित्यानुरागीहरुको सहभागिता थियो । उपस्थित सबैलाई तृप्ती पाण्डेले स्वागत गरेकी थिइन् भने कार्यक्रमको सुरुवात पानसमा बत्ती बालेर आदिकवि भानुभक्तको तस्वीरमा माल्र्यापण गरी भएको थियो । आदिकवि भानुक्तलाई स्मरण गर्दै विभिन्न कवि, साहित्यकार लेखकहरुले आफ्ना कृति उक्त अवसरमा प्रस्तुत गरेका थिए । ashfield2साथै, सारा पाण्डे, सन्तोकी केसीले नृत्य समेत प्रस्तुत गरेका थिए । भक्त अवसरमा भानु नव प्रतिभा प्रशंसा पुरस्कार सारा पाण्डेलाई प्रदान गरिएको थियो । साहित्यतर्फ फ्रिडम टु डाईका लेखक निर्मल ज्ञवालीलाई प्रदान गरिएको थियो । यस्तै कला र संस्कृतितर्फ सन्तोकी केसीलाई सम्मान गरिएको थियो । उक्त अवसरमा श्रष्टाहरु सुरेन्द्र दवाडी, निस्प्रभ सजी, गणेश गौतम, स्वेता मैनाली, आलोक कोइराला, रमेश पाण्डे, सुजाता केसी, जानकी पौडेल, त्रिप्ती पाण्डे, सानु घिमिरे, रेमन केसी, सुरेन्द्र सिगदेल, सुजित सिग्देल, जितेन्द्र मल्ल, दिपक निरौला, सिद्धिविनायक अधिकारी, डा. प्रकाश पौडेल, हुमाकान्त तिवारी लगायत दुई दर्जनभन्दा बढीले आफ्नो रचना वाचन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि उमा कार्कीले विदेशी भूमिमा समेत देशकै झल्को दिनेगरी साहित्यिक माहोलमा रम्न पाउँदा अत्यन्तै खुशी लागेको बताउनुभयो । उहाँले नेपालीपनको यो सुन्दरतालाई जोगाएर राख्न र नयाँ पुस्तामा समेत हस्तान्तरण गर्न आग्रह गर्नुभयो । कार्यक्रमको अन्त्यमा संस्थाकी अध्यक्ष सुजाता केसीले सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । उक्त कार्यक्रममा प्रस्तुत गरिएका सबै कविताहरु प्रवासी पाइलामा प्रकाशित गर्ने योजना रहेको अध्यक्ष सुजाता केसीले बताउनुभयो ।

NOTE : यस समाचारमा यसअघि भुलवश कार्यक्रमको उपस्थिति सूचिमा रहेपनि कार्यक्रमस्थलमा भने अनुपस्थित रहनुभएका व्यक्तित्वहरुको नाम पर्नगएकोमा सच्याइएको छ । सम्पादक 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?