अमेरिकाको एक अदालत परिसरमै गोली चल्यो, दुई प्रहरीको मृत्यु


Americaअमेरिकाको मिसिगन प्रान्तस्थित एक अदालत परिसरमै गोली चल्दा दुई प्रहरीको ज्यान गएको छ ।

बन्दुकधारीले  अदालत परिसरमा प्रवेश गरी चलाएको गोलीबाट अन्य दुई प्रहरीसमेत घाइते भएका छन् । कैद भुक्तानी गरिरहेका एक व्यक्तिले प्रहरीको बन्दुक खोसेर गोली चलाएका थिए । त्यस क्रममा प्रहरीको मृत्यु भएको हो । प्रहरीले गरेको कारबाहीमा आक्रमणकारीकासमेत मृत्यु भएको बताइएको छ । उनले गोली किन चलाए भन्नेबारे खुल्न सकेको छैन ।

यस अघि डालस शहरमा एक व्यक्तिले पाँच प्रहरीको हत्या गरेका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?