अमेरिकी सैन्य कारबाहीमा आइएसका वरिष्ठ सैन्य कमाण्डर शिशानी मारिएको पुष्टि


IS Commendarइस्लामिक अतिवादी संगठन आईएसका बरिष्ठ सैनिक कमाण्डर शिशानी अमेरिकी हमलामा मारिएका छन् ।

इराकको शिरकत शहरमा अमेरिकी सेनाले गरेको हमलामा उनी मारिएको पुष्टी आइएसले गरेको छ । अबु बक्र अल बगदादीका निकट मानिने तरखान बतिराश्विली नामका शिशानीको मृत्युले आइएसलाई ठूलो धक्का लागेको छ ।

अमेरिका र रुसबीचको लडाइँका सशक्त भूमिका निर्वाह गरेका शिशानीलाई अमेरिकी रक्षा मन्त्रालयले यसअघी युद्ध मन्त्रीको उपमा दिएको थियो । आइएसका आवद्ध भएपछि अमेरिकाले शिशानीलाई मोस्ट वान्टेडको सूचीमा राखी ५० लाख अमेरिकी डलरको इनाम  घोषणा गरेको थियो ।

सिरियामा भएको अमेरिकी हमलामा मारिएको अमेरिकी दाबीलाई अस्वीकार गर्दै आएको आइएसले उनी इराकी हमलामा मारिएको पुष्टी गरेको हो । इराकको मोसुल शहर नियन्त्रण मुक्तीका लागि भएको अमेरिकी हमलामा उनी मारिएको दाबी आइएसको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?