डा. नारायण प्रधानलाई लाईफटाईम अचिभमेन्ट सम्मान, जीएनसीको २० औं वार्षिकोत्सव सम्पन्न


lifetimeगोर्खा नेप्लीज कम्युनिटीले आफ्नो स्थापनाको २० औं उत्सव मनाएको छ । सिड्नीमा शनिबार आयोजना गरिएको कार्यक्रममा नेपाली समूदायका अगुवा डा. नारायण प्रधानलाई लाईफटाईम अचिभमेन्ट सम्मान गरिएको थियो । उहाँको विषयमा तयार पारिएको भिडियो प्रदर्शनी पश्चात डा. प्रधानलाई सम्मान हस्तान्तरण गरिएको थियो । नेपाल र अष्ट्रेलियाको राष्ट्रिय धूनका साथ सुरु भएको कार्यक्रममा गोर्खा नेप्लीज कम्युनिटीको तर्फबाट बोलदै अध्यक्ष टंक गुरुंगले अष्ट्रेलियाको भूमिमा लामो ईतिहास बोकेको गोर्खा नेप्लीज कम्युनिटीले भाषा, संस्कृति र नेपालीपनको जगेर्ना गर्न संस्थालाई केन्द्रित गर्ने बताउँदै यस कार्यमा साथ र समर्थनका लागि धन्यवाद दिनुभएको थियो । यसैगरी न्यूसाउथवेल्सका लागि अवैतनिक महावाणिज्यदूत दिपक खड्काले महावाणिज्यदूतको कार्यालय सदैव नेपाली संघसंस्थासँगको सहकार्यमा अघि बढ्न तयार रहेको बताउनुभएको थियो । कार्यक्रममा लोकमान लिम्बु, ईन्द्र वनले पनि आफ्नो भनाई राख्नुभएको थियो ।wilson कार्यक्रममा स्वयंसेवक, प्रायोजक र मिडियाका प्रतिनिधिहरुलाई सम्मान पनि गरिएको थियो । कार्यक्रमको मुख्य आकर्षण रहेका विल्सन विक्रम राईले समयानुकूल व्यंग्य गर्दै गीत संगीतको माध्यमबाट समेत सहभागीहरुलाई मनोरञ्जन दिलाएका थिए । यसैगरी स्थानीय दोश्रो पुस्ताका नेपाली बालबालिकाहरु र शब्दमाला भाषा विद्यालयका विद्यार्थीहरुले पनि नृत्यका माध्यमबाट आफ्नो प्रस्तुति दिएका थिए । अन्त्यमा संस्थाका उपाध्यक्ष देव गुरुंगले सबैलाई धन्यवाद दिनुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?