गुडिरहेको बसमा एक्कासी आगो, कम्तिमा २६ को मृत्यु


Busताइवानमा एक पर्यटक बसमा आगलागी हुँदा कम्तिमा २६ जनाको मृत्यु भएको छ ।

राजधानी तापेईबाट दक्षिणतिर पर्ने तायोयुयान प्रान्तको राजमार्गमा मंगलबार बिहान बसमा एक्कासी आगो लाग्दा उनीहरुको मृत्यु भएको हो ।

ताइवानका सञ्चारमाध्यमले चिनियाँ पर्यटक बसमा आगलागी भएको बताए पनि अधिकारीहरुले त्यसको पुष्टि गरेका छैनन् ।

ताइवानी सञ्चारमाध्यमहरुले सडक छेउको ‘रेलिङ’मा बस ठोक्किएपछि अकस्मात आगो लागेको बताएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?