गुडिरहेको बसमा एक्कासी आगो, कम्तिमा २६ को मृत्यु
ताइवानमा एक पर्यटक बसमा आगलागी हुँदा कम्तिमा २६ जनाको मृत्यु भएको छ ।
राजधानी तापेईबाट दक्षिणतिर पर्ने तायोयुयान प्रान्तको राजमार्गमा मंगलबार बिहान बसमा एक्कासी आगो लाग्दा उनीहरुको मृत्यु भएको हो ।
ताइवानका सञ्चारमाध्यमले चिनियाँ पर्यटक बसमा आगलागी भएको बताए पनि अधिकारीहरुले त्यसको पुष्टि गरेका छैनन् ।
ताइवानी सञ्चारमाध्यमहरुले सडक छेउको ‘रेलिङ’मा बस ठोक्किएपछि अकस्मात आगो लागेको बताएका छन् ।