अमेरिका र क्यानडा पठाइदिने भन्दै ठगी गर्ने पक्राउ


Thagअमेरिका र क्यानडा पढाई दिने भन्दै ३१ लाख रुपैयाँ ठगी गर्ने एक जना पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको टोलीले सिन्धुपाल्चोक मांखा–७ घर भएका तुलबहादुर तामाङलाई पक्राउ गरेको हो ।

नक्कली फेसबुक आइडी खोेलेर उनले विभिन्न व्यक्तिलाई ठगी गरेका थिए । उनले आफु अमेरिकाको पीआर प्राप्त व्यक्ति भएको र आफ्नी आमा क्यानडाको डाक्टर भएको भन्दै प्रलोभनमा पारी ठगी गरिरहेका थिए ।

लेवनानमा रोजगारीमा रहेकी सिर्जना दोंगसँग फेसबुकमार्फत साथी बनी नेपाल आएको समयमा भेट गरी अमेरिका डिपेन्डेन्ट भिसामा लैजाने भनेर ९ लाख ठगेका थिए ।

दोङकी भाई संजय र मिम लामालाई क्यानडा पठाउने भनेर उनले थप १३ लाख रुपैयाँ लिएका थिए ।

साईप्रसमा रोजगारीमा रहेकी कुसुम लामालाई फेसबुकमार्फत साथी बनाएर उनले क्यानडासँगै लैजाने भन्दै ९ लाख रुपैयाँ ठगेको प्रहरीले जनाएको छ । उनले अन्य व्यक्तिहरुलाईसमेत ठगेको हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?