आइएसलाई सिरियाको मानबिज शहर छाड्न ४८ घण्टे अल्टिमेटम


Siriaअमेरिकी सेनाले सहयोग गरिरहेको लडाकु समूह अरब–कुर्दिस सिरियन डेमोक्याट्रिक फोर्स एसडिएफले सिरियाको मानबिज शहर छोड्न इस्लामिक स्टेट आइएसलाई ४८ घण्टे अल्टिमेटम दिएको छ । अमेरिकी सेनाको हवाई आक्रमणको सहयोगमा आइएस विरुद्ध लडिरहेको एसडिएफले आइएसलाई अल्टिमेटम दिएको हो ।

एसडिएफले गत जुनदेखि एलेप्पोको मानबिजमा आइएस विरुद्ध अभियान चलाएको छ । गएको मंगलबार मानबिजमा हवाई आक्रमणका क्रममा कम्तिमा ५६ जना सर्वसाधारणको मृत्यु भएपछि एसडिएफले आइएसलाई त्यो ठाउँ छोड्न अल्टिमेटम दिएको हो ।

हवाई आक्रमणमा मारिनेमा बालबालिका पनि छन् । सर्वसाधारण नागरिकको सुरक्षा र भौतिक सम्पत्तिको नोक्सानी रोक्नका लागि यस्तो आग्रह गरिएको एसडिएफले जनाएको छ । ४८ घण्टा भित्र आइएसका लडाकुले मानबिज छोडे उनीहरुलाई केही नगरिने एसडिएफले जनाएको छ । आइएसले मानबिजमा नागरिकलाई युद्धमा मानव ढालको रुपमा प्रयोग गरेकाले एसडिएफको भनाई छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?