चीनमा आएको बाढीमा परी कम्तिमा ७८ जनाको मृत्यु, ८ लाख मानिस प्रभावित


Chinaचीनको उत्तरी र दक्षिणी क्षेत्रमा भीषण वर्षा पछिको बाढीमा परी कम्तिमा ७८ जनाको मृत्यु भएको छ ।

सिन्ह्वा समाचार एजेन्सीले बाढीमा अझै धेरै मानिस हराइरहेकाले मृतकको संख्या बढ्न सक्ने आशंका गरेको छ । बाढीबाट बढी प्रभावित हेवेइ र हेनान प्रान्तमा हजारौं घर बगाएको छ ।

उत्तरी हेबेइ प्रान्तमा ५० हजार घर भत्किएका छन् भने ८ लाख मानिस बाढी प्रभावित भएका छन् । बाढीका कारण चीनभर १६ लाख भन्दा बढी मानिस घरबारविहीन भएका छन् ।

१ करोड ५० लाख हेक्टरमा लगाइएको बाली नष्ट भएको छ । यसबाट ३ बिलियन डलर भन्दा बढीको आर्थिक क्षति हुने अनुमान गरिएको छ । अधिकारीहरुले बाढी प्रभावितहरुलाई खाद्यान्न र बसोबासको व्यवस्था मिलाइएको जनाएका छन् ।

बाढीका कारण सञ्चार र यातायात सेवा अवरुद्ध भएको सिन्ह्वाले जनाएको छ । चीनमा यस वर्ष अहिलेसम्म बाढीका कारण २ सय भन्दा बढीको मृत्यु भएको छ ।

यस वर्ष विभिन्न शहरहरुमा बाढीको सतह सन् १९९८ पछिकै सबैभन्दा उच्च रहेको छ । सन् १९९८ मा याङ्त्चे नदीमा आएको बाढीका कारण ४१ सय भन्दा बढीको मृत्यु भएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?