आइएसले गरायो काबुलमा अर्को आत्मघानी आक्रमण, कत्मिा ६१ जनाको मृत्यु
अफगानिस्तानको राजाधानी काबुलमा शनिबार भएको आत्मघाती आक्रमणमा कम्तिमा ६१ जनाको मृत्यु भएको छ ।
अफगानिस्तानको स्वास्थ्य मन्त्रालयकाअनुसार आक्रमणमा २०० जनाभन्दा बढी व्यक्ति घाइते भएका छन् ।
विद्युत् प्रसारणलाइनको बाटो परिवर्तन गरिएको भन्दै विरोध प्रदर्शनमा सहभागी हजारौं व्यक्तिहरुमाझ आत्मघाती आक्रमणकारीले विस्फोट गराएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् ।
चरमपन्थी संगठन इस्लामिक स्टेट (आइएस)ले आक्रमणको जिम्मेवारी लिएको बीबीसीले जनाएको छ ।
अफगानिस्तानको हजारा समुदाय तुर्कमेनिस्तानबाट काबुल ल्याउन लागिएको विद्युत् प्रसारणलाइनको बाटो बदल्नका लागि आन्दोलनरत् थिए ।
हजारा समुदायमा अधिकांश शिया मुस्लिमहरु छन् ।