अस्ट्रेलिया पठाइदिन्छु भनेर ठगी गर्ने पक्राउ


Arrestरोजगारीका लागि अष्ट्रेलिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीको एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाले युरो फाउण्डेशन कन्सल्टेन्सीका सञ्चालन बिनोद अधिकारीलाई पक्राउ गरेको छ ।

युरो फाउण्डेशन कन्सल्टेन्सीले २०६९ सालदेखिनै अष्ट्रेलियामा गैह्रकानूनी रुपमा कार्गोमा लोड अनलोडको जागीर लगाइदिने बाहनामा बिभिन्न ब्यक्तिसँग ठगी गरेको प्रहरीको भनाई छ ।

गुल्मीका बिष्णु मल्लसँग अष्ट्रेलिया पठाइदिने भन्दै ५ लाख ८० हजार दिएको र नपठाएपछि प्रहरीमा उजुरी गरेका थिए । यही उजुरीका आधारमा प्रहरीले सञ्चालक अधिकारीलाई पक्राउ गरेको हो ।

कन्सल्टेन्सीले अष्ट्रेलिया पठाइदिने भन्दै मल्लका अलावा मोहन कार्कीबाट ४ लाख, कृष्णा लामिछानेबाट ५ लाख, राजन गौतमबाट ३ लाख, दीपक पन्तबाट डेढ लाख रुपैंया लिएको आरोप प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?