अमेरिकी राष्ट्रपति पदका लागि हिलारी क्लिन्टन बनिन् पहिलो महिला उम्मेदवार


Hillaryअमेरिकाको आगामी राष्ट्रपतिका लागि डेमोक्र्याटिक पार्टीले हिलारी क्लिन्टनलाई औपचारिक रुपमा उम्मेदवारी चयन गरेको छ ।

आगामी नोभेम्बर ८ मा हुने राष्ट्रपतीय निर्वाचनका लागि डेमोक्याट्रिकका तर्फबाट औपचारिक रुपमा पूर्व प्रथम महिला हिलारी क्लिन्टन राष्ट्रपति पदको उम्मेदवारका रुपमा चुनिनुभएको छ ।

क्लिन्टन अमेरिकाको इतिहासमा नै राष्ट्रपति पदका लागि चुनिने पहिलो महिला हुन् । अमेरिकाको फिलिडेल्फियामा जारी महाधिवेसनको पहिलो दिन क्लिन्टनको राष्ट्रपतिय दौडको प्रतिद्वन्द्वी बर्नी स्यान्डर्सका समर्थकहरुले विरोध गरे पनि आज उनी सर्वसम्मतिले उम्मेदवार चयन भएकी हुन् ।

ह्वाइहाउस दौडका लागि अब उनले यसअघि नै रिपब्लीकनका तर्फबाट उम्मेदवार चयन भइसकेका डोनाल्ड ट्रम्पसँग प्रतिष्पर्धा गर्नुपर्ने छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?