सिरियाको एक प्रसुती अस्पतालमा हवाई आक्रमण


Siriaसिरियाको एक प्रसूति अस्पतालमा हवाई आक्रमण गरिएको छ । सेभ द चिल्ड्रेनको सहयोगमा सञ्चालित उत्तर पश्चिमी इडलिब प्रान्तमा रहेको प्रसुति अस्पतालमा हवाई आक्रमण गरिएको हो ।

आक्रमणमा केही मारिएका छन् भने धेरै घाइते भएको सेभ द चिल्ड्रनले जनाएको छ । तर संख्या भने खुलाइएको छैन । हवाई आक्रमणको क्रममा एउटा बम अस्पतालको प्रवेश द्वारमा खसेको हो ।

आक्रमणमा परी अस्पतालमा उपचाररत बिरामी र कर्मचारी घाइते भएका हुन् । अस्पतालले एक महिनामा १३ सय ४० महिला तथा बालबालिकाको उपचार गर्ने गरेको र गत महिना अस्पतालमा तीन सय ४० बच्चा जन्मिएको मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सलाई उदृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?