केटीको विषयलाई लिएर भएको ग्याङफाइटमा सुशान्तको मृत्यु, ११ जना पक्राउ
केटीको विषयलाई लिएर भएको विवादमा काठमाडौंमा एक युवकको मृत्यु भएको छ ।
युवतीको नयाँ र पुरानो ब्याइफेन्डबीच झडप हुँदा नयाँ ब्याइफेन्ड सुशान्त श्रेष्ठको मृत्यु भएको सोह्रखुट्टे प्रहरीले जनाएको छ । केटीको पुरानो ब्याइफेन्ड सौरभ श्रेष्ठ र सुशान्तको समूहबीच साउन ९ गते क्षेत्रपाटीमा झडप भएको थियो ।
घाइते सुशान्तको काठमाडौं अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको प्रहरीले जनाएको छ । आफ्नी गर्लफेन्ड पुरानो ब्याइफेन्ड सौरभसँग देखेपछि सुशान्त र सौरभबीच झगडा भएको थियो । त्यसपछि अर्को दिन २ जनाले साथीहरु बोलाएर ग्याङ फाइट गरेका थिए ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ ।
उनीहरुविरुद्ध कर्तब्य ज्यान मुद्दा चलाइएको छ । घटना संलग्नहरु सबै १८ वर्ष मुनिका छन् ।