रियो ओलम्पिकको सुरक्षा जिम्मा लिएको कम्पनी नै बर्खास्त !


Olympicब्राजिलको कानुन मन्त्रालयले रियो ओलम्पिक सुरु हुन ४ दिन बाँकी रहँदा सन्तोषजनक काम नगरेको भन्दै सुरक्षाको जिम्मा लिएको आर्टेल कम्पनीलाई बर्खास्त गरेको छ । मन्त्रालयले सुरक्षाको जिम्मा स्थानीय प्रहरीलाई दिने निर्णय गरेको छ ।

रियो ओलम्पिकमा मैदानमा प्रवेश गर्ने सर्वसाधारणको सम्पूर्ण शरीरको खानतलासी गर्न र ‘एक्सरे–मेसिन’ को प्रयोग गर्ने जिम्मा प्राइभेट कम्पनी आर्टेलले लिएको थियो । यसका लागि ३ हजार ४ सय सुरक्षाकर्मीको माग गरिएको थियो । तर, कम्पनीले ओलम्पिक सुरु हुने दिने नजिकिँदै जाँदा ५ सय सुरक्षाकर्मी मात्र तैनाथ गर्न सकेको छ ।

मन्त्रालयले यसै कारण रियो दि जेनेरियोमै कार्यालय भएको यो कम्पनीलाई अदक्ष र कार्यशैली नभएको भन्दै उसको अनुबन्ध खारेज गर्ने निर्णय गरेको हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?