अफगानिस्तानको काबुलमा विदेशीलाई लक्षित गरी भएको आक्रमणमा चार जनाको मृत्यु


Kabulअफगानिस्तानको राजधानी काबुलमा विदेशीलक्षित एक पाहुनाघरमा आइतबार रातभर भएको आक्रमणमा एकको सुरक्षा अधिकारीको मृत्यु भएको छ ।

तालिवान आतंककारीले जिम्मा लिएको यस आक्रमणमा अन्य चार प्रहरी अधिकारी घाइते भएका छन् ।

तालिवान आतङ्ककारी समूहले एक विज्ञप्ति प्रकाशित गरी यस आक्रमणको जिम्मा लिएका छन् ।

स्थानीय समयाअनुसार सोमबार बिहान ०१ः३० बजे होटेलको उत्तर प्रवेशद्धारबाट विस्फोट पदार्थले भरिएको ट्रक प्रवेश गराउन खोजेका र तीन बन्दुकधारी भने सो द्वारबाट प्रवेश गोली प्रहार सुरु गरेको बताइएको छ ।

काबुलका प्रहरी प्रमुख अब्दुल रहमान रहिमका अनुसार यस आक्रमणमा परी तीन आतंककारी मारिएका छन् । यस आक्रमणबाट होटेल भवनलाई कुनै हानी नभएको पनि उनले जानकारी दिएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?