नेदरल्यान्डविरुद्धको खेलमा नेपाली टोली छनोट (को–को परे टोलीमा ?)
विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलका लागि नेपाली टोलीको घोषणा गरिएको छ ।
मुख्य प्रशिक्षक जगत टमाटा, कप्तान पारस खड्का र आइसिसीका प्रतिनिधि वेनकटपति राजुसहितको छनोट समितिले १५ सदस्यीय नेपाली टोली घोषणा गरेको हो । नेपालले नेदरल्यान्ड्ससँग साउन २९ र ३१ गते नेदरल्याल्डसमै खेल्ने छ ।
नेदरल्यान्ड्ससँग विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेलको तयारीका क्रममा नेपालले गएको महिना वेलायतका विभिन्न क्लवसँग ४ वटा खेल खेलेको थियो ।
नेपाली टोलीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी र राजु रिजाल परेका छन् । त्यसैगरी टोलीमा करण केसी, अनिल मण्डल, सन्दिप लामिछाने, बिक्रम शोब, राजेश पुलामी मगर र सुनिल धमला पनि परेका छन् ।