डोनाल्ड ट्रम्प अमेरिकाको नेतृत्व गर्न योग्य नभएको राष्ट्रपति आबामाको दाबी
अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकाको आगामी नेतृत्व गर्न राष्ट्रपतिका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प योग्य नभएको दाबी गर्नुभएको छ ।
राष्ट्रपति ओबामाले रिपब्लिकन पार्टीले ट्रम्पको समर्थन गरेकोमा आश्चर्य व्यक्त गर्नुभयो । उहाँले विश्वकै शक्तिशाली पद ओगट्न तयार भएका ट्रम्प त्यसको लायक नभएको बताउनुभयो ।
विगतका रिपब्लिकन पार्टीका अन्य राष्ट्रपति वा उम्मेदवारसँग नीतिगतरुपमा मत भिन्नता रहे पनि राष्ट्रपतिको पद नै सम्हाल्न अयोग्य ठान्ने नगरेको ओबामाको भनाइ थियो ।