नारायणगढ चौथो नेपाल कप फुटबलको क्वाटरफाइनलमा
रुपन्देही–११ लाई २–१ गोलअन्तरले पराजित गर्दै नारायणगढ फुटबल क्लब चौथो नेपाल कप आमन्त्रण फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
नारायणगढलाई जिताउन सुमन श्रेष्ठ र तेजेन्द्र चौधरीले गोल गरे । रुपन्देहीका लागि सरोज थापाले १ गोल फर्काएका हुन् । ३१ गतेसम्म चल्ने प्रतियोगितामा ३ वटा विभागीय टोली, ए डिभिजन क्लब र मोफसलका गरी ११ टीम सहभागी रहेको आयोजक स्पोर्टस फर अल क्लबले जनाएको छ । प्रतियोगिताको विजेताले ३ लाख तथा उपविजेताले दुई लाख रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगितमा मंगलबार एभरेष्ट क्लव चितवन र रौतहट फुटवल क्लबबीच खेल हुनेछ ।
यसअघि प्रतियोगिताको उदघाटन गर्दै चितवनका सांसद विक्रम पाण्डेले प्रतियोगितामा विजयी टिमलाई आफ्नोतर्फबाट १ लाख १ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गर्नुभयो । यो समेत गरेर विजयी टिमले ४ लाख १ हजार रुपैयाँ पुरस्कार पाउने छ । उपविजेताले भने २ लाख रुपैयाँ नगद पुरस्कार पाउने छ ।