जापानका ८२ वर्षीय सम्राट अकिहितोबाट गद्दी त्याग्ने संकेत
जापानका सम्राट अकिहितोले उमेर र बिग्रँदो स्वास्थ्यका कारण स्वेच्छिक गद्दी त्याग्ने संकेत गर्नुभएको छ ।
८२ वर्षीय सम्राटले आफ्नो दोस्रो टेलिभिजन सम्बोधन मार्फत यस्तो संकेत गर्नु भएको हो । तर जापानको कानुनमा भने गद्धी त्यागको कुनै कानुनी व्यवस्था छैन । यसैले सम्राट अकिहितोले गद्दी त्याग गर्न कानुन परिवर्तन आवश्यक देखिएको छ ।
आफ्नो १० मिनेट रेकर्ड गरिएको सम्बोधनमा जापानी सम्राटले कर्तव्य निर्वाह गर्न गाह्रो भएकोमा चिन्तासमेत व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री शिन्जो आबेले सरकारले यस विषयमा गहन छलफल गर्ने बताउनुभएको छ । सर्वेक्षणहरुले सम्राटको मतको पक्षमा समर्थन जनाएको देखिएको छ ।
पछिल्लो समय सम्राट अकिहितोको स्वास्थ्यमा समस्या देखिँदै आएको छ । उहाँ सन् १९८९ पिता अकिहितोको निधनपछि २७ वर्षदेखि जापानको सम्राट हुनुहुन्छ । सम्राटको गद्दी त्याग्ने कदमलाई भने अनौठो कदमको रुपमा हेरिने देखिएको छ । ५६ वर्षीय राजकुमार नारुहितो जापानको सम्राट हुने लाइनमा हुनुहन्छ ।