पाकिस्तानको बलुचिस्तानस्थित एक सरकारी अस्पतालमा तालिवानबाट बम विस्फोट, कम्तिमा ७० जनाको मृत्यु
पाकिस्तानको बलुचिस्तान प्रान्तको राजधानी क्वेटोस्थित एक सरकारी अस्पतालमा तालिवानले गराएको बम विस्फोटमा हुँदा कम्तिमा ७० जनाको मृत्यु भएको छ ।
बम विस्फोटमा गरी १ सय २० जनाभन्दा बढी घाइते भएका छन् । विस्फोट गर्नुअघि आक्रमणकारीले गोली चलाएको बताइएको छ ।
क्वेटा शहरमा एक वरिष्ठ वकिलको हत्यापछि भएको यो विस्फोटमा पनि धेरैजसो वकिल घाइते भएको बताइएको छ । हत्या भएका वकिलको शव अस्पतालमा ल्याइएका बेला आक्रमण भएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । तालिवानले आक्रमणको जिम्मेवारी लिएको छ ।
यसैबीच पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफले विस्फोटको निन्दा गर्नुभएको छ ।