नेपाली कम्युनिटी सेन्टर स्थापनाका लागि थप मेलबर्नमा ७५ हजार डलर जुट्यो


भिक्टोरिया राज्यमा बसोबास गर्ने नेपालीका लगि साझा कम्युनिटी सेन्टर स्थापनाका लागि ७५ हजार डलर थप संकलन भएको छ । मेलबर्नको पूर्वी सबअर्बमा बसोबास गर्ने करिब ५० जना नेपालीले संकलन गरेको सहयोग रकम कम्युनिटी सेन्टरका लागि हस्तान्तरण गरिएको हो । मेलबर्नको ईष्टर्न सबर्बको नेप्लीज कम्युनिटी सेन्टरका तर्फबाट ७५ हजारको चेक आइतबार एक विशेष समारोहकाबीच हस्तान्तरण गरियो । Community
सय जना सदस्यता थप हुनेगरी त्यस वापतको रकम प्रदान गरिएको हो । अष्ट्रेलियन नेप्लीज कम्युनिटी सेन्टरका अध्यक्ष रञ्जन वैद्यलाई नेप्लीज कम्युनिटी सेन्टरका सुनील राजभण्डारीले ७५ हजार डलरको चेक हस्तान्तरण गर्नुभयो । उक्त अवसरमा अष्ट्रेलियन नेप्लीज कम्युनिटी सेन्टरका अध्यक्ष रञ्जन वैद्यले यसैगरी अन्य ठाउँमा पनि संकलित रकम जुट्दै गएमा आफ्नै नेपाली कम्युनिटी सेन्टर बनाउने कार्यले मूर्तरुप लिने धारणा राख्नुभयो । यो उसको हो, कसको हो भन्दा पनि यो हाम्रो हो भन्ने भावनाका साथ अघि बढ्नुपर्ने उहाँको भनँई थियो ।IMG_7803 कार्यक्रममा एनएमसीका संयोजक जनक गौतमले आफुहरुले नेपाली मन्दिर स्थापना गर्ने उद्देश्यका साथ थालेको अभियानलाई नेपाली सामूदायिक केन्द्र निर्माणसँगै अघि बढाउन पाउँदा खुशी लागेको बताउनुभयो । एएनएमसीका उपाध्यक्ष बम योञ्जनले सहकार्यबाट नै सफलता मिल्ने भन्दै सबैलाई एकजुट हुन आह्वा गर्नुभयो । कार्यक्रममा एएनएमसीको तर्फबाट सदस्य केशव कँडेल, डा. चन्द्रदिपक पोखरेल, सचिव गोपाल पोखरेल पनि अखफ्नो भनाई राख्नुभएको थियो । कार्यक्रममा अध्यष वैद्यले प्राप्त भएको रकम तत्कालै कोषाध्यक्ष राजेश आचार्यलाई हस्तान्तरण गर्नुभएको थियो । यसअघि अष्ट्रेलियाका लािग अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले ५० हजार डलर सहयोग गर्ने घोषणा गरिसक्नुभएको छ भने यस बाहेक पनि आजीवन सदस्यता र सहयोगबाट १ लाख डलरभन्दा बढी सहयोग जुटिसकेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?