ओलम्पिकमा नेपाली जुडो खेलाडी फुपुल्हामु खत्री पहिलो चरणबाटै बाहिरिइन्


phuphuनेपालको जुडो खेलाडी फुपूल्हामु खत्री रियो ओलम्पिकको पहिलो चरणबाटै बाहिरिएकी छिन् ।

बाज्रिलको रियोमा मंगलबार भएको ६३ किलो तौल समूहको खेलमा खत्री क्युबाकी मारिसेट स्पिनोसासँग ११–० ले पराजित भइन् । ओलम्पिकमा पहिलो पटक सहभागिता जनाएकी खत्री प्रतियोगितामा पूरै ४ मिनेट म्याटमा टिकेकी थिइन् ।

बाह्रौँ दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्णपदक जितेकी खत्रीले क्युबाली खेलाडीलाई पराजित गर्न सकेको भए अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गर्ने थिइन् । उक्त स्पर्धामा ३६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । रासस

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?