रियो ओलम्पिकमा शिरिषको नयाँ राष्ट्रिय कीर्तिमान


Sirish ब्राजिलमा जारी रियो ओलम्पिकमा नेपाली पौडी खेलाडी शिरिष गुरुङले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

भर्खरै सम्पन्न १०० मि को फ्रि स्टाइलको स्पर्धामा उनले ५७.७६ सेकेन्डमा दूरी पूरा गरी नयाँ कीर्तिमान कायम गरेका हुन् ।

सत्र वर्षीय शिरिषले ४५ पटक भन्दा बढी राष्ट्रिय कीर्तिमान कायम गरिसकेका छन् । उनी नेपालका कुशल पौडीबाज हुन् । रासस

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?