अर्जेन्टिना रियो ओलम्पिकको फुटबलबाट बाहिरियो, पोर्चुगल समूह विजेता


Argentinaरियो ओलम्पिकअन्तर्गत पुरुष फुटबलबाट अर्जेन्टिना बाहिरिएको छ । बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा होन्डुरससँग १–१ को बराबरीमा रोकिएपछि अर्जेन्टिना समूह चरणबाटै बाहिरिएको हो ।

समूह डीमा रहेको अर्जेन्टिना समूहको तेस्रो स्थानमा रह्यो । अर्जेन्टिनालाई बराबरीमा रोक्ने होन्डुरस भने समूह उपविजेता बन्दै अघिल्लो चरण प्रवेश गरेको छ । पहिलो खेलमा पोर्चुगलसँग २–० ले हारेको अर्जेटिनाले दोस्रो खेलमा अल्जेरियालाई २–१ ले हराएको थियो ।

पोर्चुगल समूह विजेता

यसैबीच समूह डीबाट पोर्चुगल समूह विजेताको रुपमा क्वाटरफाइनलमा पुगेको छ ।

बुधबार राति भएको खेलमा अल्जेरियासँग १–१ को बराबरीमा रोकिएको पोर्चुगल समूह विजेता बनेको हो । पोर्चुगल यो प्रतियोगितामा अहिलेसम्म अपराजित छ ।

पहिलो खेलमा अर्जेन्टिनालाई २–० ले हराएको पोर्चुगलले दोस्रो खेलमा होन्डुरसलाई २–१ ले हराएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?