फोटोग्राफर सुधिरा शाहको महत्वाकांक्षी तस्वीर पुस्तक सेप्टेम्बर ११ मा सार्वजनिक हुने


फोटोपत्रकार सुधिरा शाहको “फार एण्ड अवे – नेप्लीज फ्यामीलीज ईन अष्ट्रेलिया” आगामी सेप्टेम्बर ११ तारिखका दिन सार्वजनिक गरिने भएको छ । सिड्नीमा एक पत्रकार सम्मेलनको आयोजना गरी शाहले औपचारिक कार्यक्रम आयोजना गर्दै पुस्तकलाई सार्वजनिक गर्न लागिएको जानकारी दिएकी हुन् ।

sudhira2
Photo Jouranlist Sudhira Shah and Journalist Yogendra Bista

यस बर्षको डकुमेन्ट्री फोटोग्राफर अफ द ईयर २०१६ फाइनलीस्ट बन्न सफल शाह विगत डेढ दशकदेखि फोटोग्राफीमा संलग्न छिन् । नेपाल, बेलायत र अष्ट्रेलियामा फोटोग्राफी गरेको अनुभवले नयाँ काम गर्ने उत्साहमा पुस्तकको शुरुवात भएको उनले बताइन् । सयौं नेपालीहरुलाई एउटै सचित्र पुस्तकमा समाबेश गर्नका लागि थालिएको यो पुस्तकको फोटोग्राफी सन् २०१३ बाट भएको थियो । अष्ट्रेलियामा बसोबास गर्ने ४ सय नेपाली परिवारहरुलाई समेट्ने योजनामा थालिए पनि यतिबेला पुस्तकमा ४ सय ६६ परिवार समेटिएको छ । आप्रवासी नेपालीहरुको जीवनसंग सम्बन्धीत संभवत यो पहिलो सचित्र पुस्तक हुनेछ ।
शाह र उनको टिमले अष्ट्रेलियाको आठै वटा राज्यको भ्रमण गरी तस्वीर र जानकारी संकलन गरेको थियो । जसमा न्यूसाउथवेल्सबाट १७०, क्वीन्सल्याण्डबाट ४६, नर्दन टेरटोरीबाट ४९, पश्चिम अष्ट्रेलियाबाट ६४, दक्षीण अष्ट्रेलियाबाट ३१, भीक्टोरीयाबाट ७८, अष्ट्रेलियन क्यापीटल टेरिटेरीबाट १९ र तास्मानीयाबाट ९ परिवार सहभागी छन् । पुस्तकमा समावेश गरिउका तस्वीरसँगै हरेक परिवारहरुको छोटो जीवनी पनि समाविष्ट छ । यो जानकारी पत्रकार योगेन्द्र विष्टले संकलन गरेका हुन् । प्रवास बसाईका क्रममा भोगेका कयौं दुखसुखलाई आत्मसात गरी सफल जीवन बिताउने क्रममा रहेको नेपालीहरुको कथा पक्कै पनि प्रेरणादायी हुनेमा विष्ट आशावादी छन् । पुस्तक डिजाईनमा नेपालका बरिष्ठ डिजाइनर राजुबाबु शाक्यले सहयोग गरेका छन् । करीब ४९६ रंगीन पेज रहेको पुस्तक हार्ड कभरमाको उपलब्ध हुनेछ ।
बहुसांस्कृतिक अष्ट्रेलियाली समुदायमा नेपालीहरुको उपस्थिति र योगदानको सराहना गर्दै ध्यागमन मन्त्री पीटर डट्नले शुभकामना दिएका छन् । त्यस्तै संचार छायामन्त्री मिशेल रोल्याडले “पुस्तक प्रकाशनले नेपाली समुदायलाई बुझ्न सहयोग गर्ने आउदो पुस्ताका प्रवासीहरुलाई उदाहरणीय रहने“ आफ्नो सन्देशमा लेखेकी छिन् । sudhira1
गैर आवासीय नेपाली संघका अध्यक्ष शेष घलेले नेपाली डायस्पोराको वास्तविक जीवनसंग सम्बन्धीत यस पुस्तकले नेपालीहरुको इतिहासको जर्गेना गर्नेमा बिश्वस्त रहेको बताएका छन् ।
पुस्तकको महत्वलाई ध्यानमा राखी “फार एण्ड अवे”लाई भरिसक्ये सबै नेपाली समुदायहरु, पुस्तकालयहरु, प्रवासी सम्बन्धी संस्थाहरु, नेपाली व्यवसायहरुमा पुर्याउने योजना रहेको प्रोजेक्टका सदस्य डिला खरेलले दिए । सन् १९९९ देखि नेपालमा कान्तिपुर पब्लिकेशन्सबाट फोटोग्राफी थालेकी सुधिराले एक सानी बालीकाले कठिनतापूर्वक रोपवेबाट त्रिशुली नदी तर्दे स्कुल गइरहेको तस्वीरका लागि सन् २००२ मा राष्ट्रिय फोटो प्रतियोगितामा दोस्रो स्थान हासिल गरेकी थिइन् । उनका तस्वीरहरुले अहिले सम्म चीन, मलेसिया, बेलायत र अष्टेलियामा थुप्रै उपाधि जितिसकेको छ । सन् २००४ मा बेलायतको युनिर्भसिटी अफ वेस्टमिनीस्टरबाट फोटोपत्रकारितामा स्नाकोत्तर गरेकि शाहले अष्ट्रेलियामा विगत ६ वर्ष देखि आफ्नै स्टुडियो सञ्चालन गरेकी छिन् । पुस्तकमा सहभागी नेपालीहरु प्रति आभार व्यक्त गर्दै शाहले “उहाहरु बिना यो प्रोजेक्ट संभव नै हुने थिएन, त्यसैले सबै सहभागी परिवारहरु प्रति कृतज्ञ छु, जुन अभियान सायद पछि सम्म सबैलाई ऐतिहासिक धरोहरको रुपमा रहनेछ“ । सिमीत संस्करणमा प्रकाशित हुने उक्त पुस्तक किन्नको लागि पहिलो प्राथमिकता पुस्तकमा भाग लिएका परिवारहरुले पाउनेछन्, तथा अन्य इच्छुक पाठकहरुले http://www.nepalesefamiliesaustralia.com.au बाट किन्न सक्ने बताइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?