सिरियामा कुर्दिस र अरब लडाकुले आईएसबाट मन्बिज मुक्त गरेपछि शहरमा खुशीयाली


Siriaसिरियाका कुर्दिस र अरब लडाकुले उत्तरी मन्विज शहर इस्लामिक अतिवादी समुह आईएसबाट स्वतन्त्र भएको जनाएका छन् ।

शहर स्वतन्त्र भएसँगै आईएस लडाकु यूरोप जाने मार्ग पनि बन्द भएको जनाइएको छ । टर्कीसँग सीमा जोडिएको मन्बिज स्वतन्त्र भएपछि स्थानीयले खुशीयाली मनाएका छन् ।

यस क्रममा आधारतभूत अधिकारबाट बन्चित मन्विजका महिलाले बुर्खा खोलेर अनुहार देखाएका छन् भने पुरुषहरुले दाह्री काटेका छन् ।

आईएसले दुई वर्ष अघि मन्बिजमा नियन्त्रण जमाएपछि चुरोट खानेको औंला काट्ने, महिला दत्त चिकित्सकले पुरुषको उपचार गरे सार्वजनिक स्थलमा उनको शिर छेदन गर्ने जस्ता आफ्नै कानुन लागु गरेको थियो ।

अमेरिकी सहयोग पाएका गठबन्धन मिलिसियाले शहरबाट आईएसलाई धपाउन ७३ दिन लगाएका थिए । उनीहरुले मानव ढालका रुपमा प्रयोग गरिएका २ हजार सर्वसाधरणलाई पनि मुक्त गरेका छन् ।

अमेरिकी अधिकारीहरुले मन्बिज पछि अब गठबन्धन रक्का शहरतर्फ अगाडि बढ्ने जनाएका छन् । २ लाख ५० हजारदेखि ५ लाख जनसंख्या रहेको अनुमान गरिएको रक्कामा आईएसले विगत दुई वर्षदेखि नियन्त्रण जमाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?