आदिवासीको बाइसौं अन्तर्राष्ट्रिय दिवस २०१६ मा सिड्नीमा विशेष कार्यक्रम सम्पन्न


ninfaनेपाली आदिवासी जनजाति मञ्च अष्ट्रेलिया निन्फाको आयोजनामा आदिवासीको बाइसौं अन्तर्राष्ट्रिय दिवस २०१६ मनाइएको छ । कार्यक्रमको प्रमुख अतिथि संघीय संसद सदस्य लिन्डा बुनी हुनुहुन्थ्यो भने कार्यवाहक राजदूत राजेन्द्र पाण्डे पनि अतिथिको रुपमा सरिक हुनुभएको थियो । विभिन्न सांगीतिक प्रस्तुतिका साथ आयोजित कार्यक्रमको औपचारिक सत्रमा बोल्दै प्रमुख अतिथिका संघीय संसद सदस्य लिन्डा ब्रुनीले सन् १९९७ र १९९८ मा आफूले जेनेभामा काम गर्दाका बखत आदिवासीहरुको निम्ति काम गरेको स्मरण गर्दै दुई दशकपछि आदिवसीहरुको अन्तर्राष्ट्रिय दिवसमा अतिथि भएर आउन पाउँदा अत्यन्तै खुशी लागेको बताउनुभएको थियो । ninfa2अष्ट्रेलियामा आदिवासीहरुले विश्वका अन्य ठाउँमा भन्दा बढी प्रताडना पाएको भन्दै उहाँले तर अहिले मौलिक अधिकारका रुपमा उनीहरुको अधिकार सुरक्षित गरिएको बताउनुभयो । यसैगरी कार्यवाहक राजदूत राजेन्द्र पाण्डेले सयौं थुंगा पूmलका एउटै माला नेपाली शब्दमा सजिएको सुन्दर राष्ट्रिय गानले नेपालीहरुलाई एकताको सूत्रमा बाँधेको भन्दै पछिल्लो राजनीतिक परिवर्तनपछि अब हामी एकताबद्ध भई अघि बढ्न सकेको अवस्थामा देशलाई विकासको नयाँ उचाईमा लैजान सकिने उहाँले बताउनुभयो । ninfa1देशको विकास हुन सकेमा केही शतकदेखि पछाडि पारिएका समूदायको समेत उत्थान हुने उहाँले बताउनुभयो । यसैगरी अिितथको आसनबाट नै बोल्दै न्यूसाउथवेल्सका लागि अवैतनिक महावाणिज्यदूत दिपक खड्काले आफु सदैव नेपालीहरुकै माझमा रहेको भन्दै जस्तोसुकै साथ र सहयोगका लागि तत्पर रहेको बताउनुभएको थियो । उninfa3हाँले आफ्नो भाषा, कला र संस्कृतिको संरक्षणका लागि निन्फाले खेलेको भूमिकाको प्रसंसा पनि गर्नुभयो । उक्त अवसरमा अतिथिहरुलाई निन्फाका पूर्वअध्यक्ष गणेश तामांगले स्वागत गर्नुभएको थियो भने वर्तमान अध्यक्ष चित्र तुम्बाहाम्फेले धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रमको सञ्चालन निन्फाका उपाध्यक्ष अरुण तामांगले गर्नुभएको थियो । उक्त अवसरमा सिड्नीमा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधि सहभागी थिए । विभिन्न परम्परागत भेषभूषामा सजिएर विश्व आदिवासी दिवस मनाउन नेपाली समूदाय पिटरशाम टाउन हल पुगेको थियो । कार्यक्रमस्थलमा मौलिक नेपाली खानाका परिकारको स्टलहरु समेत राखिएको थियो ।

ninfa4

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?