डोनाल्ड ट्रम्पले ल्याए आतंकवाद नियन्त्रणका लागि ठोस योजना
अमेरिकी राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले आतंकबाद नियन्त्रणका लागि ठोस कदम चाल्ने बताउनु भएको छ ।
ओहायोमा आयोजित ¥यालीमा सम्बोधन गर्दै ट्रम्पले अमेरिका प्रवेश गर्ने आप्रबासीको स्क्रिनिङ गर्ने योजना सार्वजनिक गर्नुभयो । सम्बोधनकै क्रममा ट्रम्पले केही देशका नागरिकलाई भिसा दिने ब्यबस्था खारेज गरिने बताउनु भयो । यद्यपी उहांले भिसा खारेज गर्ने देशको नाम भने सार्वजनिक गर्नुभएन ।
विश्वबाट आतंकवादलाई निर्मूल पार्न अन्य राष्ट्रको समेत सहयोग लिइने बताउँदै ट्रम्पले आफू अमेरिकाको राष्ट्रपति निर्वाचित भएमा बिश्वबाटै आतंकबाद परास्त हुने दाबी समेत गर्नुभयो ।