उत्तर कोरियाका उच्च कुटनीतिज्ञ विद्रोह गरी पुगे दक्षिण कोरियाको शरणमा


Tha young hoबेलायतको राजधानी लन्डनस्थित आफ्नो दूतावासबाट हराएका उत्तर कोरियाली उच्च कुटनीतिज्ञ थाय योङ हो विद्रोह गरेर दक्षिण कोरिया पुगेका छन् ।

सोलले बुधबार उत्तर कोरियाली कुटनीतिज्ञ आफ्नो मुलुक आइपुगेको पुष्टि गरेको छ ।

परिवारसहित सोल पुगेका थायलाई सरकारी सुरक्षामा राखिएको दक्षिण कोरियाली अधिकारीहरुले जनाएका छन् । थायले लन्डन दूतावासमा सहायक राजदूतको जिम्मेवारी सम्हालेका थिए ।

लन्डनमा आफ्ना नेता किम जोङ उनको सकारात्मक विचार प्रवाह गर्नु उनको मुख्य जिम्मेवारी रहेको थियो ।

थाय विद्रोह गरेर विदेशी मुलुकमा पुग्ने अहिलेसम्मकै उच्च अधिकारी रहेको अनुमान गरिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?