गाउँका युवकसँग प्रेम गरेको भन्दै १४ वर्षीया छोरीको हत्या !


crime1पर्साको महादेवपट्टीका एक व्यक्तिले आफ्नै १४ वर्षीया छोरीको हत्या गरेको दाबी गरेका छन् । महादेवपट्टी–३ का शिव मुखिया बिनले छोरी प्रभाको हत्या गरेका प्रहरीसमक्ष स्वीकार गरेका हुन् । छोरीले गाउँका युवकसँग प्रेम सम्वन्ध रहेको भन्दै उनले हत्या गरेको बताइएको छ ।

हत्याको खबर पाएलगत्तै प्रहरीले बिनलाई पक्राउ परेको छ । तर, प्रभाको शव भेटिएको छैन । बिनले प्रहरी सामू हत्या स्वीकार गरेका छन् । र, शवलाई भारतीय सीमा नजिकैको जंगलमा लगेर फालेको बताएका छन् । उनले भनेको क्षेत्रमा प्रहरी टोली परिचालन गरे पनि शव नभेटिएको प्रहरीले जनाएको छ ।

घटनापछि परिवारका अन्य सदस्य पनि फरार छन् । प्रहरीले शव नभेटिएसम्म थप केही भन्न नसकिने बताएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?