बालिकामाथि यौनजन्य दुव्र्यवहार गर्ने आयल निगमका हाकिम पक्राउ
यौनजन्य दुव्र्यवहारको आरोपमा नेपाल आयल निगमको भैरहवा वितरण केन्द्रका प्रमुख चित्तरञ्जन दासलाई प्रहरीले पक्राउ गरेको छ ।
भैरहवाको देवकोटा चोककी एक बालिकालाई यौनजन्य दुव्र्यहार गरेको अरोपमा दासलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीले घटनाको सम्पूर्ण विवरण भने सार्वजनिक गरेको छैन ।
शुक्रवार रातिको नाबालिकालाई जबरजस्ती यौन दुव्र्यहार गर्न खोज्दा स्थानीयले दासलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।