अटिजम प्रभावित बालबालिकाको क्षेत्रमा क्रियाशील सविता उप्रेतिसहितलाई सम्मान


बालबालिकामा देखिने एक किसिमको समस्या, अटिजम प्रभावित बालबालिकाको क्षेत्रमा क्रियाशील स्पेशल स्कुल फर डिसेवन एण्ड रिह्याविलिटेशन सेन्टर एसएसडीआरसीकी संस्थापक सविता उप्रेतिलाई प्रवासी नेपाली मञ्च भिक्टोरियाले सम्मान गरेको छ । sammanशनिबार कोबर्गस्थित बिगबेलीमा आयोजना गरिएको कार्यक्रममा उप्रेतिसहित डा. शिक्षिता श्रेष्ठ र बालबालिका आदेशराज काफ्ले, एलिसा न्यौपानेलाई पनि सम्मान गरियो । अभिभावककोतर्फबाट प्रतिनिधित्व गर्दै भरतपुर उपमहानगरपालिकाका पूर्वउपमेयर एवं नेकपा एमालेका केन्द्रीय सल्लाहकार देवी ज्ञवालीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका उपाध्यक्ष राम रानाभाट, भिक्टोरियाका ईन्चार्ज महेन्द्र कार्कीले सम्मान हस्तान्तरण गर्नुभएको थियो । समर्पण पत्र नाम दिइएको सम्मान प्रवासी नेपाली मञ्च भिक्टोरियाका अध्यक्ष कृष्णप्रसाद न्यौपानेले पढेर सुनाउनुभएको थियो । एनआरएन भिक्टोरियाका संयोजक केशव कँडेल, नेपाली जनसम्पर्क समितिका दुर्गा आचार्य, जनप्रगतिशील मञ्च अष्ट्रेलियाका अध्यक्ष माण्डवराज कार्की, भिक्टोरियाका अध्यक्ष गौतम लामिछानेले पनि बालबालिकाको क्षेत्रमा क्रियाशील एसएसडीआरसीको टिमलाई खादा ओढाएर सम्मान गर्नुभएको थियो । सविता उप्रेतिसहितको टिम मेलबर्नमा आयोजना भएको अटिजम प्रभावित बालबालिका सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन आएको हो । काठमाडौं पेप्सीकोलामा स्कुल, तालिम केन्द्र, उपचार केन्द्रसहित संस्थाले ४५ बालबालिकाको रेखदेख गरिरहेको छ । अहिलेसम्म ६० जना बालबालिकालाई उपचार पश्चात समाजमा पुनस्र्थापित गरिसकेको र अझै ५ सय बालबालिका प्रतिक्षासूचिमा रहेको जानकारी उप्रेतिले दिनुभयो । कार्यक्रममा बोल्दै विभिसंघसंस्थाका पदाधिकारीले संस्थाको कार्य प्रशंसनीय भएको भन्दै उनीहरुलाई प्रोत्साहन दिन, सहयोग गर्न आफुहरु सदैव तयार रहेको बताउनुभयो । उक्त अवसरमा अटिजम पीडित बालबालिकाले बनाएका हस्तकलाका विभिन्न सामग्रीहरु समेत बिक्रीका लागि राखिएको थियो । सामान बिक्री र सहयोगबाट ७ सय डलरभन्दा बढी संकलन गरी संस्थालाई हस्तान्तरण पनि गरिएको थियो । samman_1यसअघि गत बिहीबार भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूतको कार्यालमया उप्रेतिसहितको टिमलाई स्वागत सम्मान गरिएको थियो । भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले समाजमा धेरैले ध्यान नदिएको क्षेत्रमा आफुलाई समर्पित गर्ने उप्रेति बहिनीको प्रशंसा गर्दछु भन्दै यसलाई धेरैले साथ दिनुपर्ने बताउनुभयो । आगामी दिनमा सहयोगको प्रतिबद्धता व्यक्त गर्दै महावाणिज्यदूत योञ्जनले नेपाल आउँदा आफुले संस्थाको भ्रमण गरी त्यसका लागि के कस्तो सहयोग गर्न सकिन्छ भन्ने विषयमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?