विवाह समारोह नजिक भएको आत्मघाती विस्फोटमा २२ जनाको मृत्यु
टर्कीमा एउटा विवाह समारोहनजिक गराइएको आत्मघाती विष्फोटमा २२ जना मारिएका छन् ।
गाजिआनटेप शहरमा विवाह समारोह चलेको स्थाननजिकै गराइएको विष्फोटमा अरु ९४ जना घाइते भएका छन् । यो आतंकवादी आक्रमण भएको सरकारले जनाएको छ ।
यो सिरियाको सीमादेखि करीब ६४ किलोमिटर टाढा रहेको यस शहरमा मूख्य गरी कुर्दिस रहने गर्दछन् ।
यसअघि मे मा गराइएको आत्मघाती आक्रमणमा दुई प्रहरी मारिएका थिए । टर्कीका पछिल्लो समय पृथकतावादी कुर्द लडाकू र आईएसबाट बारम्बार आक्रमण हुने गरेको छ ।