टर्कीमा आत्मघाती विस्फोट गराई ५१ जनाको हत्या गराउनेमा बालकको प्रयोग भएको दाबी
टर्कीमा आत्मघाती विष्फोट गराई ५१ जनाको हत्या गराउने १२ देखि १४ वर्षको बालक रहेको दाबी गरिएको छ ।
टर्किस राष्ट्रपति रिसेप तैयम अर्दोगानले यस्तो दाबी गर्नुभएको हो । यसअघि उहाँले घटनामा आईएसको हात रहेको बताउनुभएको थियो ।
टर्कीको गाजिआनटेप शहरमा विवाह समारोह चलेको स्थाननजिकै गराइएको आत्मघाती विष्फोटमा ५१ जना मारिनुका साथै करिब ७० जना घाइते भएका थिए । सिरियाको सीमादेखि करिब ६४ किलोमिटर टाढा रहेको यस शहरमा मुख्य गरी कुर्दिस समुदाय रहने गर्दछन् । टर्कीमा पछिल्लो समय पृथकतावादी कुर्द लडाकू र आईएसबाट बारम्बार आक्रमण हुने गरेको छ ।