सिड्नीमा सम्पन्न जलजला कप भलिबलको उपाधि पोखरा समाजलाई


jal5अष्ट्रेलियाको सिड्नीमा सम्पन्न जलजला कप भलिबल प्रतियोगिताको उपाधि पोखरा समाजले जितेको छ । फाईनलमा बागलुङ युथसँगको खेलमा पोखरा समाजले २५-१६, २०-२५, २५-२३, २५-१५ को सेटमा पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । प्रतियोगितामा बेष्ट प्लेयर पोखरा समाजका राजकुमार गुरुंग भए भने बेष्ट लिफ्टर पोखरा समाजकै दिपक मगर बन्न सफल भए । यसैगरी बेष्ट स्पाइकर बागलुङ युथका अर्जुन अधिकारी घोषित भए । जीतसँगै पोखरा समाजले १६ सय डलरसहित खसी पुरस्कार जितेको थियो भने दोश्रो हुने बागलुङ युथले एक हजार डलरका साथमा खसी उपहार पाएको थियो । प्रतियोगिताको मुख्य प्रायोजक ग्यालेक्सी एजुकेशन एण्ड माइग्रेसन रहेको थियो । प्रतियोगिताको संयोजन दिपक भण्डारीले गर्नुभएको थियो । jal 8म्याग्दीको पर्यटकीय आकर्षणको केन्द्र जलजलाको नाममा सिड्नीमा रहने म्याग्दीवासीहरुले जलजला कप प्रतियोगिताको सुरुवात गरेका हुन् । म्याग्दी जलजला परिवार नामक संस्था नै दर्ता गरेर उनीहरुले नेपालमा विभिन्न परोपकारी कार्य समेत गरिरहेका छन् । यिनै कामका लागि आर्थिक संकलन जुटाउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको संयोजक दिपक भण्डारीले जानकारी दिनुभयो । प्रतियोगितामा ८ टिमको सहभागिता थियो । जसमा म्याग्दी सेवा समिति, बागलुङ युथ, पोखरा समाज, नेप्लीज अष्ट्रेलियन युथ एशोसिएसन नया, थकाली सेवा समिति, सेन्ट जर्ज नेप्लीज ब्वाईज र आयोजक जलजला समाजकै दुई टीम सहभागी थिए । प्रतियोगिताका केही तस्वीरहरु

jal2 jal3 jal4 jal6 jal7 jal9

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?