नेप्लीज रिक्रियशन क्लबको अध्यक्षमा विष्णु हमाल चयन


नेप्लीज रिक्रियशन क्लब एनआरसीले आफ्नो साधारणसभा सिड्नीमा सम्पन्न गरेको छ । खेलका माध्यमबाट स्वस्थसहित समूदायमा एकताका लागि क्रियाशील हुँदै विभिन्न खेल गतिविधि सञ्चालन गर्दै आएको एनआरसीले साधारणसभाबाट एनआरएनका पूर्व ओसेनिया संयोजक विष्णु हमालको नेतृत्वमा कार्यसमिति चयन गरेको छ । NRCस्थानीय अबर्न बोटानिक गार्डेनमा बार्बिक्यूसहित आयोजित साधारणसभाले उपाध्यक्षमा सुबर्ण शर्मा, माहासचिबमा अञ्जना सिंह श्रेष्ठ, कोषाध्यक्षमा दिलिप भारती, पब्लिक अफिसरमा सन्जु रोक्का लाई तय गरेको छ । यसैगरी एनआरसीको स्पोर्ट्स कोअर्डिनेटरमा ब्याडम्यानटिनतर्फ संजय श्रेष्ठ, गल्फमा ज्ञानु पोख्रेल, टेनिसमा प्रवीण श्रेष्ठ र टेबल(टेनिसमा कुलदीप प्रधान छानिएका हुन् । संस्थाको नयाँ कार्यसमिति सदस्यहरुमा सहारा बस्नेत र सुमन न्यौपाने चुनिएका छन् भने सल्लहाकारमा डा। शम्सेर सिंह थापा, भावनी ओली, रमेश पाण्डे, श्री नापित, डा। सिता राम जोशी, देब गुरुङ, डा, कृष्ण कुमार श्रेष्ठ र जबिन श्रेष्ठ चयन भएका छन् । यसअघि संस्थाको अध्यक्ष जबिन श्रेष्ठ हुनुहुन्थ्यो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?