ग्रिनेड आक्रमणमा स्वीडेनका आठ वर्षीय बालकको मृत्यु


Swidenस्वीडेनको गोथेनवर्ग शहरमा एक जना आठ वर्षिय बालकको ग्रिनेड आक्रमणमा मृत्यु भएको छ ।

आफ्ना नातेदारको घरमा सुतिरहेका बालक युसुफ वारसेम बाहिरबाट फ्याँकिएको ग्रिनेड आक्रमणमा परेका थिए । उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको हो । उनी ब्रिटेनबाट स्वीडेन आएका थिए ।

आक्रमणमा परी कम्तिमा पाँच बालबालिका र अरु धेरै घाईते भएका छन् । आक्रमण कसले र किन ग¥यो भन्नेबारे केही खुलेको छैन । स्वीडेनमा अपराधको दर कम रहे पनि स्टकहोम, गोथेन्बर्ग, माल्मोलगायतका विपन्न क्षेत्रमा हिंसा नियन्त्रण गर्न प्रहरीलाई समस्या भइरहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?