बुद्ध एयरका पाइलटरसँग नक्कली सर्टिफिकेट ! कसरी परे प्रहरीको फन्दामा ?


Buddha_Airनेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुद्ध एयरका पाइलट पक्राउ गरेको छ । शैक्षिक प्रमाणपत्र नक्कली रहेको सूचनाको आधारमा काठमाडौं–१३ डिल्लीबजार बस्ने बुद्ध एयरका पाइलट स्वच्छन्द घलेलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनको आइएससीको प्रमाणपत्र नक्कली रहेको जनाएको छ । उनलाई नक्कली प्रमाणपत्र बनाउन सहयोग गर्ने ललितपुर इमाडोल–६ का राजकुमार श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

गत भदौ ८ गते पक्राउ परेका उनीहरू दुबैको बारे ब्युरोले आइतबार जानकारी दिएको हो । यसअघि पनि एक जना पाइलट समातिएका थिए । दुबैलाई सरकारी छाप दस्तखत कीर्तेमा मुद्दा चलाएर आवश्यक अनुसन्धान थालिएको ब्युरोले जनाएको छ ।

पाइलटको प्रमाणपत्र नक्कली रहेको सूचना आधारमा ब्युरोले ‘अप्रेशन ह्वाक’ नाम दिएर अनुसन्धान थालेको थियो । ब्युरोको सक्रियतापछि यस्ता नक्कली प्रमाणपत्रधारी केही पाइलट जागिर छोडेर हिँडेका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?