ब्रेसेल्सस्थित प्रहरी अपराध अनुसन्धान प्रयोगशालामा विस्फोट
बेल्जियमको राजधानी ब्रसेल्सस्थित प्रहरी अपराध अनुसन्धान प्रयोगशालामा शक्तिशाली विष्फोट भएको छ ।
एउटा कारले तीन वटा तारवारलाई ठक्कर दिँदै प्रयोगशालामा प्रवेश गर्दा आगलागीसहित विष्फोट भएको बताइएको छ । प्रहरीले भने बम विष्फोट भएको एकीन नभएको जनाएको छ ।
सरकारी अभियोजनकर्ताले प्रयोगशालाको प्रमाण नष्ट गर्न विष्फोट गराएको हुन सक्ने अनुमान गरेका छन् । विष्फोटका कारण धेरै फाइलहरु जलेको अधिकारीहरुले जनाएका छन् । विष्फोटबारे अनुसन्धान शुरु गरिएको बताइएको छ ।
ब्रसेल्समा गत मार्चमा आतंकवादी आक्रमणमा ३२ जनाको मृत्यु भएको थियो ।