सन् २०१८ मा संन्यास लिने इङ्ल्यान्डका कप्तान वायन रुनीको घोषणा
इङ्ल्याण्डका कप्तान वायन रुनीले रसिया विश्वकपपछि अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने घोषणा गरेका छन् ।
सन् २०१८ को विश्वकप रसियामा हुँदैछ र, केही दिनमै छनोट चरण सुरु हुँदैछ ।
त्यसअघि रुनीले रसिया विश्वकपपछि अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने घोषणा गरेका हुन् । उनले इङ्ल्याण्डका लागि केही गर्न रसिया अन्तिम मौका भएको बताए ।
इङ्ल्याण्डका कप्तान रुनीले मिडफिल्ड, १० नम्बर वा स्ट्राइकर जुन भूमिकाका लागि पनि आफू तयार रहेको बताए ।