किर्गिस्तानको राजधानीस्थित चिनियाँ दूतावास नजिकै आत्मघाती विस्फोट


Kirgistanकिर्गिस्तानको राजधानी विश्केकस्थित चिनियाँ दूतावास नजिक आत्मघाती विष्फोट भएको छ ।

विष्फोटमा परी कार चालकको मृत्यु भएको छ भने अरु तीन जना दूतवासका कर्मचारी घाईते भएका छन् ।

घाईते सबै किर्गिस्तानका नागरिक हुन् । एउटा कार आएर दूतावासको गेटमा ठोक्किएको र राजदूतको निवास अगाडि विष्फोट भएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।

विस्फोट लगत्तै दूतावासमा रहेका कर्मचारी र नजिकै रहेको अमेरिकी दूतावासका कर्मचारीलाई सुरक्षित स्थानमा लगिएको थियो । घटनाबारे थप अनुसन्धान सुरु गरिएको अधिकारीहरुले जनाएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?