लिबियाको समुद्री तटबाट साढे ६ हजार आप्रवासीको उद्दार
लिबियाको समुद्री तटबाट ६ हजार ५ सय आप्रवासीको उद्धार गरिएको छ । उद्धार गरिएका आप्रवासीमा इरिट्रिया र सोमालियासहित देशका नागरिक छन् ।
४० वटा उद्धार अभियानअन्तर्गत असुरक्षित रुपमा समुद्री यात्रा तय गरेर युरोप प्रवेश गर्न चाहने आप्रवासीहरुको उद्धार गरिएको हो ।
लिबियाको साब्राथा शहरको २० किलोमिटरको क्षेत्रमा उद्धार अभियान चलाइँदै आएको छ । उद्धारका लागि इटालीसँगै युरोपियन युनियनको सीमा एजेन्सी तथा विभिन्न गैरसरकारी संस्थाका डुंगा प्रयोग गरिएको थियो ।
यसअघि आइतबार पनि सोही ठाउँबाट ११ सयभन्दा बढी आप्रवासीको उद्धार गरिएको थियो ।