मोति जयन्तीमा यो वर्ष पनि गजल मुशायरा
बिगतका वर्षहरुमा जस्तै यो साल पनि सिड्नीको चर्चीत गजल कार्यक्रम गजल मुशायराको तेश्रो शृंखला ‘गजल मुशायरा’ – २०१६ को आयोजना हुने भएको छ । नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान अस्ट्रेलिया र एन आर एन अस्ट्रेलियाद्वारा संयुक्त रुपमा गर्न लागिएको यस कार्यक्रम आगामी सेप्टेम्बर ११, आइतबारका दिन सिड्नीको एसफिल्डस्थित एसफिल्ड पोलिश क्लबमा हुने कार्यक्रम संयोजक जितेन्द्र मल्लले जानकारी दिनुभयो । गजलको एउटा सम्पूर्ण कार्यक्रम भएकाले उक्त अवसरमा मा १२ जना गजलकारहरुले आफ्नो सिर्जना वाचन गर्नेछन्, यस्तै गायक आशिष श्रेष्ठको गजल गायन र गजलमा नृत्य पनि प्रस्तुत गरिने बताइएको छ । गजल वाचनमा यस पटक सिड्नीका गजलकारहरु लगायत सिड्नी बाहिर पर्थ, मेलबर्न, अल्वेरी लगायतका ठाउँबाट समेत कार्यक्रममा सहभागिता रहेको छ ।
मोति जयन्तिको अवसरमा २०१४ देखि सिड्नी साहित्य वृत्तले गजल मुशायरा आयोजना गर्दै आइरहेको छ। गजल मुशायरा सिड्नीमा गजल तथा साहित्य मन पराउनु हुने व्यक्तिहरु माझ अत्यन्तै लोकप्रिय कार्यक्रम हो ।